-
नारायण भट्टराई
त्रेतायुगमा अयोध्याका राजा दशरथको राजकीय पुत्रेष्ठीयज्ञ सम्पन्न
यसको पहिचान भनेकै गरिखाने संस्कृति , भाइचारा र स्वावलम्वन हो | बल्कोट र आस्पासले यो गौरवशाली परम्परालाई निरन्तरता दिदै आएको पनि छ | यहाका बासिन्दाले प्रतिकूलता र त्रासदीपूर्ण विपत्तिका बाबजूद यो मौलिकतालाई ओझेल पर्न दिएका छैनन | राजनीतिक सचेतना र सामाजिक रुपान्तरणको दिशामा बल्कोटले गर्दै आएको अगुवाई यसैको परिचायक हो भन्न हिच्किचाउनु पर्दैन | मुलुकले व्यहोरेको पछिल्लो त्रासदीपूर्णकालमा आफ्नो अजेय चिन्तन र दृढताले बल्कोटका सपुत राममणि ज्ञवालीले आतंकवादी कुकृत्यका सामु नझुकेर आफुलाई उत्सर्ग गर्नु भएको बीरतापूर्ण गाथाले बल्कोट र आसपास अभिसिन्चित छ | मानिसले मानिसको संमान गर्ने स्वतन्त्र र स्वाभिमान संस्कृतिको विकासमा यो क्षत्रले गरेको कुर्वानीको गाथा लामो छ | पृथक प्रसंगमा यसबारे चर्चा गरौंला |
बलिहांग राज्य माथि आधिपत्य जमाए पछि मणि मुकुन्द सेन द्वितीयले खांची र अर्घा राज्य सित राम्रो सम्बन्ध कायम गरेका थिए | त्यसबाट अतालिएका पर्वतका राजा कीर्तिबम मल्लले पाल्पाली सेन राजा सित जुध्ने मनसायले केरुंगामा सेना तैनाथ गराएका थिए | आफ्नो समयको काविल राज्य पाल्पाले पनि बल्कोटमा सेना तैनाथ गराएको थियो | यी दुवै सेना बल्कोटमा जुधे , घमासान युद्ध भयो – पाल्पाली सेन राजाका सैनिक विजयी भए | बल्कोटबासीले सेनराजालाई सघाएका थिए | स्थानीय जनताको सहयोग प्रति आभार व्यक्त गर्दै मणिमुकुन्द सेन द्वितीयले बल्कोटलाइ अजेय भनेका छन् | त्यति बेला देखि यो ठाउलाई शक्ति-सामर्थ्य र कौशल केन्द्रको प्रतीकात्मक बल्कोट भन्न थालिएको किम्बदन्ती पनि छ |
पाल्पाली सेनाले बल्कोटबासीको संमान्मा बल्कोटको पाटीमा ”पाटी र पल्पाथुम्को ढुंगे चौतारी” बनाइ दिएका थिए |प्रकृति र परिस्थितिले सिंगारेको बल्कोट
आधुनिकयुगमा नेपाली कांग्रेसको अगुवाइमा लम्जुंगबाट प्रारम्भ भएको “कृषिव्यवसायमा हलोक्रान्ति”लाई बल्कोटले शिखरमा पु-याएको थियो | सातसालको जनक्रान्तिमा बल्कोटेहरुले दीलखोलेर सघाएको सजीव इतिहास छ | क्रान्तिनायक काशीनाथ गौतमले बल्कोटलाई आफ्नो राजनीतिकघर भन्ने गर्नु हुन्थ्यो | देशदर्शनको क्रममा राजा र प्रथम जननिर्वाचित प्रधानमन्त्रीले बल्कोटको मथुरामा बास बस्नु भएको प्रसंग उत्तिकै रोचक छ |
२०१६ मङ्सिर २६ गते मथुरामा आयोजित विशाल जनसागरलाई सम्बोधन गर्दा प्रधानमन्त्री श्रीविश्वेश्वरप्
बल्कोट र वांगलाको संगम,मथुराधाम, धार्मिक दृष्टिले पवित्र मानिन्छ | योगी नरहरिनाथको अगुवाइमा २०४३ सालमा सम्पन्न महायज्ञ र बृहत विद्वतसभाले मथुराधाम बारे महत्वपूर्ण घोषणा गरेको थियो | विद्वत्सभाका प्रवक्ता पण्डित अनिरुद्ध खनालका अनुसार “कृष्णस्य हृदये शिवम् ,शिवश्य हृदये कृष्णम्” | गोपेश्वरपीठले यहि भाव र मर्मलाई सम्बोधन गरेको छ |
त्यसैले यसलाई “पंचकोशीकोकेन्द्र“ मानि
नलेखिएको,जनश्रुतिका माध्यमबाट चर्चामा आएका ऐतिहासिक पृष्ठभूमिबारे लेख्दा त्यस विषयमा दखल राख्ने व्यक्तित्व,विज्ञ वा इतिहासकारहरुको मद्दत खोज्नु स्वाभाविक हुन्छ | बेलाबखतमा व्यक्तिगत तथा सामुहिकरुपमा मठमन्दिरमा आयोजना हुने यज्ञ–यज्ञादी ,सत्संग , महापुरा
यसै परिप्रेक्षमा मथुराधामको उत्थान र विकासकार्यमा भए-गरेका छलफल,विचार-विवेचना,विद्वानहरु
इतिहासमा नलेखिएको तर जनजिभ्रोमा अविरल बहि रहनेभावलाई सुनिरहदा यहाको रैथानेको नाताले पनि अछुत रहन नमिल्ने महसुस गरि बल्कोट र आसपासको गाथा लिपिबद्ध गर्न खोजिएको छ | यसै परिप्रेक्ष्यमा २०४३ सालमा पूर्वीय दर्शनका ज्ञाता धार्मिक-सांस्कृ
कसरि पञ्चकोशी ? साक्षात विष्णुस्वरूप शालिग्राम क्षत्रको पार्श्वबर्ती मथुराधाम गुल्मीको खर्जेंग देखि पश्चिम, प्युठानको असुरकोट बुधुममाराको ठाटी देखि पूर्वोत्तर रिश्यश्रिंग शृंखला देखि दक्षीण र महाभारत शृंखला देखि उत्तरको भूभागलाइ पंचकोशी भनिएको छ | भगवान श्रीकृष्णको विश्राम स्थलका साथै महाभारत युद्धका एकमात्र तटस्थ द्रष्टा बर्बरीकको (छत्रमहाराज) समाधीस्थल उलुक ,पाणिनी तपोभूमि,दूर्वाषाऋषिको तपोस्थल र नर्तानाचाल पर्वतको काखमा अवस्थित मथुरा गोकुलधाम जत्तिकैपवित्र तीर्थस्थल मानिन्
आत्मिक सन्तुष्टिको गन्तव्य स्थल लाग्ने रोचक प्रसंगहरु छन् | योगी नरहरिनाथको अगुवाइमा २०४३ सालमा सम्पन्न महायज्ञमा संलग्न पण्डितवर दिव्यदेव ज्ञवाली,अनिरुद्ध खनाल,योगी कोशालेश्वर पन्थी,रुद्रनाथआचार्य,जनार्
यसै सभाले करतलध्वनिका साथ एकमतले यो क्षत्रलाई “पन्चकोशी” भएको घो
अव ऐतिहासिक पुरुषको चर्चा गरौँ – दुइशय दुइ वर्ष अघि मथुराधाम-बल्कोटमा महत्वपूर्ण ऐतिहासिक घटना घटित भएको थियो | प्युठानको बारुद्खानाको जिम्मेवारी सम्हाली सकेका तत्कालिन सरकारका विश्वासपात्र जर्नेल बालनरसिंह कुवरजीलाई सिंजा क्षत्रको गुठी-विवाद समाधान गर्न सम्बत १८६९ मा जुम्ला खटाईएको थियो | जुम्लामा लामो समय बस्नु पर्ने देखि त्यहा जादा कान्छी कजेनी गणेश कुमारीलाई साथै लिएर गएका थिए |
समयक्रममा कजिनी गर्भवती भईन | आफ्ना पूर्खाहरु रमाएको जुम्ला क्षत्रमा कजेनीको गर्भधारणबाट सिंगो परिवार हर्षित हुनु स्वाभाविकै थियो | अहिलेको जस्तो संचार सुविधा नभए पनि पारिवारिक सल्लाहमा आफ्नो परम्पराको अनुशीलन गर्दै काजीले सातौं महिनाकी गर्भवती कजिनी गणेश कुमारीलाई बडो सुरक्षा र शान्सौकतसाथ १८०७ सालमा काठमाडौँ पठाए | इश्वरको अनुग्रह श्री कृष्णले अर्जुनलाई गीताको थप उपदेश गर्न कैलाश जाने क्रममा ( तेजनिधि पौडेल, देउराली पृष्ठ-८८ या अर्जुनको ससुराली उलुक र उनलाई औधी मन परेको अर्जुन/रिष्यश्रिंग-रेसुङ्गा लेक जाने क्रममा ? ) बास बस्नु भएको सुन्दर मथुरामा १८७४ साल आषाढ ०७ गते दिउसो कान्छी कजेनी गणेश कुमारीले होनहार वालक जन्माइन | खेतमा काम गर्नबेसी झरेका किसानहरुमा महिलाहरुले गणेश कुमारीका सुसारेहरु सित मिलेर बालकलाई नुहाई-घुवाई गराउन सघाए,सुत्केरीको समुचित रेखदेख गरे |
मथुरा अहिले जस्तो थिएन उती बेला – घामपानीबाट ओतलाग्न एकाध फुशका झोपडी थिए होलान | मनसुनको समय भएकोले त्यतिबेलाका छाता उर्फ सेउ सबै संग थिए होलान ! कजेनी सबार उतिबेलाका सुविधा सम्पन्न डोला-तामदान आदिको व्यबस्था देखेर केहि किसानहरुले पक्कै ठूला-बडाको परिवार होला भन्ने लाख काटेकै थिए होला | वास्तविकता पनि त्यहि थियो | काजी बालनरसिंह कुंवरकी कान्छी कजेनी गणेश कुमारीलाई हुन् भन्ने भए पछि चिसापानी,बुढासेरा,बलेवांग सम्मका किसानहरुको ताती लाग्यो | हेर्ने किसानहरुले सात महिनाको होनहार बालक देखेर “ कति राम्रो, सात महिनामा जन्मेको बालक ,राजै हुन्छ “भनेको जनश्रुतिछ | “गोपेश्वरमहादेव”को प्रतीकात्मकलिंगमा उल्बेसी खोलाको कांचन जाला चढाउने प्रचन रहेको जनश्रुति छ | त्यस्तो पवित्र भूमिमा जंगबहादुर कुंवरजी राणा जन्मेका रहेछन |
त्यसलाई देखाएर ति पराक्रमी कर्मशीलहातहरुले अन्तर्मन देखि वालकलाई आशीर्वाद दिएछन् -“गोपेश्वर दाहिना रहुन“| बालक हेर्ने आशीष दिने, काख लिने क्रम सकिए पछि नवजात बालक र सुत्केरीलाई बहुतै जतनका साथ स्थानीय किसान र सुसारेहरुले मिलिजुली न्यानो-ओबानो ठाउ,बल्कोट ल्याए | त्यहाका पाण्डे थरका ब्राह्मणहरुले सुत्केरी र बालकको स्याहार-सुसारमा सघाए | एघारौं दिनमा खनाल थरका ब्राह्मणले ती वालकको नाउ बीर नरसिंह कुँवरजी राणा राखी दिएका थिए | केहि समय पछि सुत्केरी र वालकलाइ गन्तव्य तर्फ लगियो | स्मरणीय छ- कपिलवस्तुका राजा सुद्धोधनकी सातौँ महिनाकी गर्भिणी रानीमायादेवी पनि आफ्नो माइतीघर रामग्राम तर्फ जादै गर्दा मूलबाटो, लुम्बिनीमासिद्धार्थ गौतमलाई जन्माएकी थिइन् |
समय वित्दै गयो , बीर नरसिंह कुँवरजी राणा समयको खेल संगै जंगबहादुरराणा हुन पुगे | विभिन्न घात-प्रतिघातका बीच उनी (बीरनरसिंग राणा) १९०३ साल असोजमा नेपालको प्रधानमंत्री बने | यस क्षत्रका बासीन्दालाई जंग बहादुर नै बीरनरसिंहराणा हुन भन्ने हेक्का थियो-थिएन , अनुमानको विषय हो | तर प्रधानमन्त्री बने लगत्तै आफु जन्मेको ठाउ,मथुरामा २० रोपनी जग्गाको व्यबस्था गर्न लगाई आफ्ना विश्वासपात्र सेनापति तथा आफ्नै जेठान श्री सनक सिंह टन्डन लाहुरे क्षत्रीको नेतृत्वमा एउटा भव्य लामपाटी निर्माण गराए | यसै गरि न्वारन भएको ठाउ बल्कोटमा नेपालको मौलिकता झल्किने काष्ठकला वास्तुकलाले भरिपूर्ण पौवा, शत्तलहरु र दुइवटा मन्दिर निर्माण गराए | यसबारे आवश्यक अनुसन्धान अन्वेषण हुने क्रम जारी छ |
उती बेला बल्कोट दुर्गम थियो | त्यस्तो ठाउमा नेपालको मौलिकता झल्किने संरचना कसरि बने होलान ? तत्कालीन सुरेन्द्रबाट १९०४,१९०५,१९०६ र १९११ मा जारीलालमोहर तथा गुठी व्यबस्थापन हेतु गुठीधनीबाट जारी भएको दानपत्र १९५२ (“लुकेकोइतिहास:बल्कोटपौवा” अर्
श्रीपरशुरमेश्वर गुठीको पुरानो व्यबस्थाकीय संरचना पनि बृहत र व्यवस्थित देखिन्छ | गुठीको प्रमुख संचालकमा मुखिया र उनको सहयोगी बहिदार,पुजाहारी,भण्डारे,बाजा बजाउने बानेदार, कोइला,फूल टिप्ने कामदार, पौवाको लिपपोतगर्ने कामदार ,पाले-पहलेदार, ब्राह्मण-साधु-
ती उर्बर खेतहरुमा-दर्लाम—दोमै,बलेवांग,
झन्डै पौने दुइशय वर्ष सम्म थेगेको ठूलो पौवाको अग्रभाग बने पनि झेङ्गटीको छाना अत्यधिक जीर्ण हुदा स्थानीय निकायका जनप्रतिनिधिहरुले सरोकारवाला,बु
प्रतिबद्धताको आधारमा संमानपत्र लिने तर भुक्तानी नगर्ने राजनीतिक कर्मीहरुको विडम्बनापूर्ण व्यबहारले सोचे जस्तो हुन नसकेको आमधारणा छ | जे जति आर्थिक संकल भयो–सबै स्थानीय जनता,समाजसेवी ,टन्डनबन्धुहरुबाट भयो | यसरि सङ्कलित आर्थिक श्रोतबाट ढल्नै आटेको ठूलो पौवाको छाना २०५६ सालमा मरम्मत सम्म हुनसक्यो | तर शत्तलहरु-पुजाहारी-कामदा
पौवाको मौलिक पहिचान र कलाकृतिलाई बुर्जुवाहरूको अवशेष ठहराई नष्ट-ध्वस्त गर्ने उद्दण्डताले सीमा नाघेको अवस्थाको चित्रण गर्दा अतिशय पीडाबोध हुन्छ | यस कलारात्रीकालमा गुठीका असल-बाह्रैमहिना सिंचाई हुने उव्जाउ खेतहरु क्रान्तिकारिताको नाउमा हडप गरिए | न्यायको बारेमा बोल्ने जनताका प्रतिनिधिहरु चुनि-चुनि मारिए | आतंकको आगो दन्के पछि यातना-ताडना-मृत्युबाट बच्न सकेका समाजसेवी-स्वाभिमानीहरु देश भित्रै शरणार्थी बन्न पुगे ; गच्छे अनुसार काठमाडौँ,बुटवल,भारत र यत्र-तत्र टाउको लुकाउने प्रयत्न गरे | सुखद पक्ष के रह्यो भने –२०७५ सालमा केन्द्र,प्रदेश,स्थानीय सरकारको सहयोगमा बल्कोट पौवाको अग्रभाग पर्खालको पुनर्निर्माण भएकोछ |
बल्कोट: नहोचो,नअग्लो; न कठाँग्रिनेजाडो न उखरमाउलो गर्मी , बढीमा तीन हजार फीट अग्लो |