बलात्कार र महिला हिंसाबाट बच्न झापामा आत्मरक्षा तालिम शुरु

रिपोर्ट नेपाल | 2018 Sep 28 | 05:56 pm 2106

झापा, असोज १२ : झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई बलात्कार र हिंसाबाट बच्न आत्मरक्षा बारे तालिम शुरु भएकाे छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराते–डो झापाको संयुक्त आयोजनामा आजबाट दुई दिने उक्त तालिम शुरु भएको हो ।

पहिलो चरणको तालिममा झापाका १०० जनाको सहभागिता छ । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिक्ने आयोजकले बताएको छ ।

तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको छ । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइँने आयोजकले।

धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइँदै छ जानकारी दिए।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको बताइएको छ । कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.