बलात्कार मुद्दाका अभियुक्त प्रहरीको गाडीबाट फरार

रिपोर्ट नेपाल | 2023 Feb 27 | 08:12 am 1505

जनकपुरधाम, फागुन १५: धनुषा प्रहरीको हिरासतबात बलात्कार मुद्दामा पक्राउ परेका अभियुक्त फरार भएका छ्न्। बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन्।

मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहँदा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम फालेर फरार भएका छन्।

फरार मुखियाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए। उनीहरूमध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन्। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.