बुटवल, मंसिर २७ : कैलालीमा बलात्कारको प्रयास गरेको आरोपमा महिलाहरूले एक पुरुषलाई सार्वजनिक रूपमा कालो मोसो दलेका छन् । श्रीमान् विदेशमा भएको मौका पारी स्थानीय एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली गाउँपालिका वडा नम्बर १ , मझेराका कृष्ण चौधरीलाई महिलाहरूले कालाे माेसाे दलिदिनुका साथै जुत्ताको माला लगाइदिएका हुन् ।
स्थानीय २३ वर्षीया बविता (नाम परिवर्तन)ले बलात्कारको प्रयास गरेको कुरा बाहिर ल्याएपछि स्थानीय महिलाहरू मिलेर चौधरीलाई कालो मोसो र जुत्ताको माला लगाइदिएका हुन् । चौधरीले दुई लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने माग समेत स्थानीय महिलाहरुले राखेका छन् ।
चौधरीले पनि अाराेप स्वीकारी सकेका छन् । उनी री भन्छन् –‘ कुरा सत्य हो ,कालो मोसो दलेर जुत्ताको माला लगाइएकै हो ।’ तर घटनाबारे प्रहरी प्रशासनलाई खासै उजुरी जानकारी दिइएको छैन ।
इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले ‘चौकीमा यस विषयमा जानकारी नआएको बताउँदै ‘यस्ता घटना यस भेगमा निकै घट्छन् ,गाउँलेले आफै कानुन हातमा लिएर कारबाही गर्ने गर्दछन् ‘भने । उनले घटना बाहिरिएसँगै आफूलाई थप कुरा बुझेर आवश्यक कदम चाल्न आदेश दिइएको निरीक्षक पन्थले बताए ।