कञ्चनपुर, भदौ १६: कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा आज शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा त्यही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।
प्राप्त समाचार अनुसार पक्राउ परेका विष्टलाई प्रहरीको हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले किशोरीलाई सडकमा बोलाई लगेका बताएका छन्।
शुक्रबार जवदिया भन्ने ठाउँबाट ती किशोरीलाई प्रहरीले उद्धार गरेको थियो । त्यसैगरी बलात्कारमा संलग्न अर्का फरार एक जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको प्रहरीले बताएको छ ।