बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

| 2023 Sep 27 | 12:22 pm 2329

काठमाडाैं, असोज १० । एक २५ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।

वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै  युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको जनाएको छ । गत असोज ५ गते धमलाविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा मुद्दा दर्ता भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएपछि उनलाई प्रहरीले मङ्गलबार सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी  प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.