बलात्कारको आरोपमा युवा संघका नगर अध्यक्ष तामाङ पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 20 | 01:32 pm 2825

विराटनगर, भदाै ३  । नेकपा एमालेको सशक्त भातृ संगठन युवा संघ बेलवारी नगर अध्यक्ष काशीराज तामाङ बलात्कारको आरोपमा  पक्राउ परेका छन् ।

२० वर्षीया युवतीले बलात्कार गरेको उजुरीका आधारमा  ३४ वर्षीय तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पीडित भनिएकी युवतीले तामाङले आफूमाथि बलात्कार गरेको आरोपसहित किटानी जाहेरी दिएकी छन् । मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सूक्ष्म अनुसन्धान  गरिरहेको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.