कपिलवस्तु, कात्तिक ८ः एक युवतीमाथि कपिलवस्तुमा सामूहिक बलात्कारको प्रयास भएको छ । शुद्धोधन गाँउपालिका ६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो ।
बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाँउपालिका कै २१ वर्षीय रोजन मुसलमान र निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमान रहेका छन् ।
आफूलाई बचाउने प्रयासमा युवती गम्भीर घाइते भएकी छन् । युवतीले प्रतीकार गरेपछि ती दुई युवाले युवतीमाथ कुटपीट गरेका थिए । घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको प्रहरीले बताएको छ ।
उक्त कार्यमा पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइएको बताइएकाे छ ।