बलात्कारकाे आरोपमा राेका परे प्रहरी फन्दामा

रिपोर्ट नेपाल | 2023 Jun 02 | 11:43 am 3105

दाङ, जेठ १९ । आफुलाई अविवाहीत भनी एक महिलालाई घरमै लगेर शारीरिक सम्पर्क गरिसके पछि विवाहीत भएको थाहा पाए पछि बलात्कार आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १६ का मार्शल रोका रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरकी एक महिलाले रोकाविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक विर बहादुर ओलीले जानकारी दिएका छन् । पक्राउ परेका रोकालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कुरा पनी प्रहरी उपरीक्षक ओलीले जानकारी गराए ।

एक प्रहरी अधिकारीका अनुसार जाहेरीमा रोकाले ती महिलालाई बिहे गर्छु भनेर घरमा लगेर राखेको उल्लेख छ।

‘एक(दुई वर्षयता उनीहरूबीच रिलेसन रहेछ,’ ती प्रहरी अधिकारीले भने, ‘केटीले बिहेको प्रस्ताव राखेपछि रोकाले उनलाई आफ्नै घरमा लगेर एक रात राखेको भन्ने छ।’

प्रहरीका अनुसार रोकाले आफू विवाहित हो भन्ने कुरा महिलासँग लुकाएका रहेछन्। दोस्रो दिन घरपरिवारले कराउन थालेपछि मात्रै रोका विवाहित हो भन्ने आफूलाई थाहा भएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

त्यसपछि रोका र उनका परिवारले आफूलाई घरबाट निकालेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.