बलत्कारको अभियोग लागेका सिद्धबाबालाई अदालतको सफाई

| 2020 Dec 07 | 05:11 pm 2516

सुनसरी मंसिर २२ : आफनै अनुयाईलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आज सोमबार जेल मुक्त्त भएका छन्।

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको कुरा जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले जानकारी दिएका छन्। सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको मिसिल नआएको र यसअघि उनको मुद्धाहेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको पनि न्यायाधीश कोइरालाले इजलास पेसी नसर्ने भने पछि सरकारी वकिल बहस गर्न गएका थिएनन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.