बर्दीया साउन २५ । प्रहरी चाैकी महम्मदपुरबाट खटिएको प्रहरीकाे टाेलीले भन्सार छली गरेर ल्याइएका कपडा तथा सुर्तिजन्य पदार्थ सहित दुई जनालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गुलरीयामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दीयाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार भारतबाट भन्सारबाट भन्सार छली गरी ल्याउने बर्दीया गुलरीया ११ का धनेश रैदास र कुरवारी रैदास रहेका छन् । उनीहरुबाट १ लाख ९ हजार २ सय मूल्य बराबरको कपडा र सुर्तिजन्य पदार्थ बरामद भएको थियो ।