बर्दीया प्रहरीद्वारा अबैध काठ बरामद

| 2023 Jun 20 | 02:20 pm 2229

बर्दिया, असार ५ । काठकाे चाेरी पैठारी बढेकाे गुनासाे बढेपछि  बर्दिया प्रहरीले त्यसकाे निगरानी राख्न थालेकाे छ ।

निगरानी राख्ने क्रममा गुलरिया नगरपालिका ८ स्थित सर्जु खोलाको अजम्बरी (बेस्राम) घारीमा सिसौ जातको ८ थान गोलिया प्रहरीले फेला पारेकाे छ । करिव एक लाख एक हजार पाँच सय  मुल्य बराबरको बेवारिसे अबस्थामा रहेको अबैध काठ बरामद गरी आबश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाईएको जिप्रका बर्दियाले जनाएकाे छ ।  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.