बर्दिया प्रहरीद्वारा अबैध पटाका नियन्त्रणमा लिई नष्ट

रिपोर्ट नेपाल | 2022 Oct 17 | 07:54 pm 2489

बर्दिया, असाेज ३१ः साेमबार बिहान ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले पटका बरामद गरेकाे छ । 

जिल्लकाे राजापुर नगरपालिका -०४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारत बाट लुकाई छिपाई ल्याई कोठामा भण्डारण गरी राखिएका अन्दाजी १ लाख २० हजार बराबराकाे १० बोरा बिभिन्न प्रकारका पटाकाहरु बरामद गरेकाे हाे ।

उक्त पटका ईलाका प्रशासन कार्यालय राजापुर बर्दियाका कार्यालय प्रमुख श्री सुनिल दत्तराजापुर नगरपालिका -४ का वडा अध्यक्ष श्री बिदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रतिनिधी, पत्रकार तथा स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहाेराले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.