बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Feb 02 | 07:33 pm 1813

बर्दिया, माघ १९: हात्तीको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका(१० भगतपुरका ४९ वर्षीय लक्ष्मीप्रसाद थारू रहेका छन् ।

नेपाल–भारत सीमामा ८८ नम्बर पिलरनजिकै नेपालतर्फ गाईवस्तु चाराउँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए।

हात्तीकै आक्रमणबाट सोही ठाउँकी ३२ वर्षीय उमा चौधरी घाइते भएको प्रहरी चौकी खैरिचन्दनपुरले जानकारी दिएको छ। घाइते भएकी चौधरीलई उपचारका लागि नेपालगञ्ज लगिएको बताइएको छ।

उक्त क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ।

जंगली हात्तीले बालीनालीमा क्षति पुर्‍याउनुका साथै घरगोठ भत्काउने तथा मानवीय क्षति नै गर्न थालेपछि मध्यवर्ती क्षेत्र तथा निकुञ्ज आसपासका स्थानीय रातभर त्रासमा बस्न बाध्य भएको पाइएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.