बर्दियाका विद्यार्थीले बनाए हावाबाट चल्ने साईकल

रिपोर्ट नेपाल | 2018 Dec 07 | 03:07 pm 1845

बर्दिया,  मंसिर २१ : बर्दिया जिल्लाको गुलरियामा रहेको जन ज्योती आवासिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत विद्यार्थीअरुले हावाबाट चल्ने साइकल निर्माण गरेका छन् । यसरी गुलरियामा र विद्यार्थीहरुले हावाबाट चल्ने साईकल निर्माण गरेपछि गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले अवलोकन गरेका छन् ।

विद्यार्थीले प्रदर्शनमा हावाबाट चल्ने साईकल, लोडर, स्मार्ट सिटी लगायत ५ दर्जन बस्तुहरू प्रदर्शनमा राखेका थिए । प्रदर्शनीमा राखिएका बस्तुहरूको अवलोकन पश्चात गुलरिया नगरपालिकाका प्रमुख यादवले विद्यार्थीहरुले बनाएका बस्तुहरू वास्तवमै दैनिक जीवनमा आवश्यक भएको बताएका छन् । साथै यस्ता उत्पादनले विद्यार्थीहरुको क्षमता बढ्ने पनि बताएका छन् ।

यादवले आफूले सोचे जस्तो स्मार्ट सिटी विद्यार्थीहरुदे निर्माण गरेर देखाएको र त्यसले आफूलाई पनि स्मार्ट सिटी निर्माणमा हौसला बढेको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.