बरैनिया बिओपीद्वारा साढे ५ लाखको अवैध लत्ताकपडा लगाएतको सामानहरु बरामद

| 2023 Nov 08 | 12:48 pm 1481

वीरगंज, कात्तिक २२। सशस्त्र प्रहरीले भन्सार छलि गरि ल्याएको अवैध सामानहरु ठुलो मात्रामा पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाले अवैधरुपले भित्राएको लत्ताकपडा, हाडयेवर,बच्चाहरुको खेलाउना ,चिनि र किराना सामानहरु , बोयालर कुखुरा लगाएतको सामानहरु नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाको मातहत रहेको सिमानाका बाट हुने तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुबाट भित्राएको लत्ताकपडा लगाएतका सामनाहरु करिब साढे ५ लाख रुपैयाँ बराबरको पक्राउ गरि वीरगंज भन्सारमा बुझाएका छन।

त्यसैगरि बोयालर कुखुराको १ सय किलो र जिउँदो कुखुरा २ सय किलो स्थानिय जनप्रतिनिधि , पत्रकार र स्थानियको उपस्थितिमा नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक थापाले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.