बरिष्ठ संगीतकार बिजु बज्रको अन्तिम संस्कार गरि‌ंदै

रिपोर्ट नेपाल | 2019 Apr 29 | 07:46 am 2911

काठमाडौं, वैशाख १६: बरिष्ठ संगीतकार एवम् गायक बिजु बज्रको सोमबार बिहान ९ बजे देखि पशुपती आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको उनका दाजु राजेन्द्र बज्रले जानकारी दिए ।

आइतबार हृदयघात भई निधन भएका बज्रलाई श्रद्धाञ्जली दिन र परिवारजनलाई समवेदना दिनका लागि हिजो सिभिल अस्पतालमा ठूलो भिड लागेको थियो । बरिष्ठ संगीतकर्मी देखि गायक हुँदै बज्रका शुभ चिन्तकको अस्पताल परिसरमा भिड लागेको थियो ।

परिवारका अन्य सदस्य गुल्मीको वामीबाट आउनुपर्ने भएकोले उनको शवलाई हिजो टिचिङ अस्पताल महाराजगंजको शवगृहमा राखिएको थियो । स्वर्गीय बिजु बज्रको पार्थिव शरीर बिहान पशुपती आर्यघाट ल्याई श्रद्धाञ्जली अर्पन पश्चात आजै आर्यघाटमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सांगीतीक क्षेत्रका चम्किला ताराको निधन प्रति गहिरो दुःख प्रकट गर्दै गुल्मेली समाज, गुल्मेली अधिकृत समाजले जिल्लाले एउटा राष्ट्रिय स्तरको गहना गुमाएको जनाएका छन् । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि दुःख व्यक्त गर्दै सबै गुल्मेलीलाई श्रद्धाञ्जलीका लागि उपस्थिति हुन आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.