बरिष्ठ नेता पौडेलद्वारा अधिवेशनको कार्यतालिका सच्याउन सफल

रिपोर्ट नेपाल | 2020 Jan 28 | 05:15 pm 4455

काठमाडौं, माघ १४: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकभन्दा अगाडिदेखि नै पार्टीको १४औं महाधिवेशनका लागि विधानअनुसारको कार्यतालिका बनाउँन भन्दै आएका थिए ।

यो विषयलाई बैठकको एजेण्डा बनाऔं भनेर उनले पटक पटक भनेका थिए । नेता पौडेलले महाधिवेशन कार्यतालिका सम्बन्धि विषयलाई उपेक्षा गर्दा महाधिवेशनको सुनिश्चितता नहुने हुँदा यसलाई धरापमा पार्ने नियतले निरन्तर बैठक गर्न थालिएपछि केन्द्रीय समिति बैठकमा अनुपस्थित भएको बताए ।

उनले अहिले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात् क्रियाशील सदस्यता वितरण/नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पुर्याई पार्टी मातहत निकायका अधिवेशन र १४औं महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको जनाएका छन् ।

त्यसैले कार्यतालिका संशोधन गर्ने तथा क्रियाशील सदस्य छानवीन गर्न समिति बनाउन सहमति केन्द्रीय समितिमा जुटेको बताए ।

१४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित पारित गरिएको कार्यतालिका र कार्यविधीसंग सम्बन्धित यसअघि निलम्बन गरिएका विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय गर्ने सहमति भएको पनि बताएका छन् ।

उनले पार्टीको महाधिवेशन सुनिश्चित गर्नेतर्फ मेरो प्रयास र पहल सदैव हुने बताए ।

नेता पौडेलले भागण्डाको कुरा हैन विधि विधान अनुसार पार्टी चलाउने, पार्टीमा सबैको अपनत्व महसुस गराउने, सबै नेता कार्यकर्ताको भावनलाई समेटने, राजनीतिलाई सम्मानित बनाउने र कांग्रेसलाई बलियो संगठन बनाउने भन्ने उनको भनाई रहेको थियो ।

साथै, पार्टीलाई न्याय निष्पक्ष र पारदर्शी ढंगले संचालन गर्न सहयोग गर्ने र गराउनका लागि नेतृत्वलाई दबाब दिने काम सदैव गरिरहने बताए।

उनले कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपा भएको घटना प्रति दुख व्यक्त गर्दै सत्य तथ्य छानविनको गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.