बम विस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

| 2020 Mar 11 | 12:49 pm 1632

काठमाडौं, फागुन २८: पूर्व संचारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरका स्थानीय नेता देव गुरुङ रहेका छन् । भक्तपुरमा निर्माणाधिन अवस्थामा रहेको बास्कोटाको घरमा बुधबार बिहानै बम विस्फोट भएको थियो ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो ।

गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराइएको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.