बम विस्फोटमा संलग्न रहेको आशंकामा एपीएफ टोलीद्वारा एक जना पक्राउ

| 2021 Mar 16 | 02:11 pm 2453

सिरहा, चैत ३ः जिल्लाको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एपीएफ टोलीले सोही जिल्लाको सुखीपुर नगरपालिका २ स्थित विद्यानगरबाट साेमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका १८ बस्ने ३९ वर्षीय बलराम मण्डल रहेका छन् । उनलाई विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा बझुाएको छ ।

टेलरट्रकमा फल्स वटम बनाएर भारतर्फ लैजाँदै गरेको ४२ सय लिटर डिजेल एपीएफ टोलीद्वारा बरामद
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ लिङ्गगेट स्थित सीमा ईलाकाबाट  एपीएफ टोलीले करीव तीन लाख २७ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको हाे ।

सात वटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको ४२ सय लिटर डिजेल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले  बताए  ।

()

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.