ललितपुर, असार १७ः गत चैत २८ गते पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम बिष्फोट गराएको अभियोगमा फरार रहेका मुख्य योजनाकार ऐन बहादुर शाही (बिजय शाही) लाई महानगरीय प्रहरी परिसर भक्तपुरले ४ महिना पछि पक्राउ गरेको छ ।
शाही नेकपा (विप्लव) समूहका भक्तपुर जिल्ला सेक्रेटरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शाहीलाई असार १६ गते जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरले जनाएको छ ।
बिस्फोटन कार्यमा संलग्न अन्य ४ जनालाई त्यही दिन पक्राउ गरिएको थियो ।
पक्राउ परेका एक जना देवी बहादुर गुरुङलाई २०७६ चैत ३० गते जिल्ला अदालत भक्तपुरले साधारण तारेखमा छोडेको र बाँकी ३ जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।