बम बहादुर कार्की बने अध्ययन अनुसन्धान परिषद्काे अध्यक्ष

रिपोर्ट नेपाल | 2023 Jun 18 | 03:32 pm 3109

काठमाडौं, असार ३ । विभिन्न संघसस्था जोडिने र टुक्रीने अभियान चलिरहेकै बेला नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठान पनि दुइ टुक्रा भएको छ । यसरी टुक्राएर बनाइएको अर्को संस्थाको नेतृत्व वरिष्ठ लोकगायक बमबहादुर कार्कीले गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता गरी नयाँ अधिवेशन तयारी समिति गठन गरिएको छ ।

वरिष्ठ गायक बम बहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि जिल्ला प्रशासनमा दर्ता गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले, खड्क बुढा र केशरी घर्ती रहेको जनाइएको छ । नवगठित तदर्थ समितिले भदौभित्र विधिवत अधिवेशन बोलाउने भएको छ ।

संस्था टुक्राएकाे विषयमा अध्यक्ष कार्कीसँग जिज्ञासा राख्रदा टुक्राएकाे नभएर नयाँ स्थापना गरिएकाे संस्था भएकाे बताए । हाम्राे संस्था रितिरिवाजकाे संरक्षण गर्दै चाैतर्फी आक्रमणमा परेकाे संस्कार र संस्कृतिकाे संरक्षण गर्नु हाे । हामी कसैसँग प्रतिस्पर्धा गर्न हाेइन भाषा, साहित्य, संगित, नाट्यकला यी सबैलाइ संसारमा चिनाउने प्रयत्न गर्दैछाै । कार्कीले छिटै सातै प्रदेशमा संगठन विस्तार गरी अधिवेशन गर्ने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.