बबई नदीले बगाएर एक दम्पती बेपत्ता

रिपोर्ट नेपाल | 2020 Jul 12 | 11:47 am 2107

बर्दिया, असार २८ः जिल्लाको बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी रहेका छन् ।

बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन्। ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.