बर्दिया, साउन ८: लगातारकाे वर्षासँगै आएको बाढीले बर्दियाको बबई नदीले तीन जनालाई बगाएको छ । बगाएका तीन जना मध्ये एक जनाएको उद्वार सकुशल उद्धार भएकाे छ भने दुई जना बेपत्ता भएका छन् ।
दाउरा लिन आएका बेला उनीहरुलाई बबईमा बाढीले बगाएको प्रहरीले जानकारी दिए । बाढीका आएका बेलासमेत बबईमा माछा मार्न, दाउरा लिनका लागि स्थानीयले आउन छाडेका पाइन्छ ।
यसो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै बबईमा पानीको वहाव नघटुन्जेल माछा मार्न एवं दाउरा लिन नजाउन आग्रह गरिएको छ ।
काठ संकलन गरिरहेका तीनजनालाई बगाए पनि एक जनालाई उद्धार गर्न सफल भएको राष्ट्रिय आपत कालिन उद्धार केन्द्रले जनाएको छ । तर बाढीमा बगेका दुईजना भने बेपत्ता रहेको केन्द्रले जनाएको छ । केन्द्रले बाढीमा हेल चेक्राइँ नगर्न आग्रह गरेको छ ।