काठमाडौं, भदौ १८: विभिन्न किसिमका लेनदेनको विषयलाई लिएर बन्धक बनाएको अभियोगमा रामेछाप पुनपाती गाउँपालिका–४ घर भएका ३४ वर्षीय सुकराम लामा, नुवाकोट घर भएका २९ वर्षीय सहदेव श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–११ घर भएका ४२ वर्षीय दिलिप गुरुङ, ३० वर्षीय दिपक गुरुङ र ४२ वर्षीय टकलाल घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल भ्यू नेपालमा नवलपरासी घर भएका ३० वर्षीय भक्त सिंह थापालाई २ दिनदेखि बन्धक बनाई राखेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०४ बाट भक्त सिंह थापालाई उद्धार गर्नुको साथै बन्धक बनाएका उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुले थापालाई लेनदेनको बिषयमा बन्धक बनाएको भन्ने खुल्न आएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धरा बस्ने प्युठान घर भएका २४ वर्षीय श्याम सन मगरलाई अपहरण गरेको अभियोगमा बुढानिलकण्ठ बस्ने २३ वर्षीय सुनिल गुरुङलाई काठमाडौं महानगरपालिका–१६ लैनचौर चोकबाट प्रहरीले बा.८४ प ११८५ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।