सुनसरी, भदौ २८: एक महिलालाई बन्धक बनाई राखेको अभियोगमा मोरङ सुन्दर हरैचा नगरपालिका–१ बस्ने ३८ वर्षीय मोहन पोख्रेललाई प्रहरीले पक्राउ गरेका छन् ।
ईटहरी उपमहानगरपालिका–१२ खनारस्थित रिलाईन्स फ्याक्ट्रीबाट काम गरी घर फर्कने क्रममा मोरङ सुन्दर हरैचा नगरपालिका–११ घर भएकी २८ वर्षीया सानु घिमिरेलाई पोख्रेलले मंगलबार अपहरण गरेका बताएका छन् ।
उक्त घटनाको जानकारी प्राप्त भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ बबिया बिर्ताबाट बुधबार पोख्रेललाई पक्राउ गर्नुको साथै पीडित महिलाको उद्धार गरिएको बताएका छन्।
यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।