बन्द भएका सिसी टिभी क्यामरा, पुन: सञ्‍चालनमा

रिपोर्ट नेपाल | 2018 Nov 26 | 02:34 pm 2509

नुवाकोट, १०  :  विदुर नगरपालिकाका विभिन्‍न स्थानमा सञ्‍चालन भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि बन्द भएकामा आज सोमबारदेखि पुनः सञ्‍चालनमा आएका छन् ।

नगरपालिका विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा जडान गरिएका छन् । यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । कुनै पनि घटनाको निगरानी तथा अनुसन्धानका लागि बजारका सडक र चोकमा क्यामरा राखिएको बताए ।

२०७२ फागुनदेखि सिसी टिभी क्यामरा सञ्‍चालनमा ल्याइएको र केही समयदेखि क्यामरामा समस्या भएकाले सञ्‍चालन हुन सकेका थिएन ।
कुँवरका अनुसार अहिले २४ वटा क्यामराहरुमध्ये चार वटा बनाउँदै गरेका र २० वटा आजदेखि सञ्‍चालनमा आएको बताए । सम्पूर्ण घटनाहरुको निगरानी गर्न प्रहरी प्रशासनले चोकचोक र विभिन्‍न स्थानमा ड्युटी गरिरहेका जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.