डोटी, साउन १९: जिल्लाको आदर्श गाउँपालिका -५ तल्लो ढाडावनमा जंगली जनावर धपाउन भरूवा बन्दुक चलाउँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय तपेश लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिए ।
प्रहरीले दिएकाे जानकारी अनुसार जिल्लाको आदर्श गाउँपालिका-५ लामीखाल तल्लो ढाडावनका ५० वर्षीय जङ्गे भुलले शनिबार राति १० बजेकाे समयमा चलाएको गोली लागेर तपेशको घटनास्थलमै मृत्यु भएको बताए ।
बन्दुकको गोली तपेशको टाउकोमा लागेको थियो । गोली चलाउने जंगे र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।