तनहुँ, साउन १९: बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैइरहेकाे प्रहरीले बताए ।
उक्त बसमा ३३ जना यात्रु सवार रहेका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ ।