दाङ, माघ १६: तोकिएको मुल्य भन्दा बढी मूल्यमा पेट्रोल बेच्ने पम्प संचालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वली रहेका छन् ।
उनलाई उपभोक्ताको गुनसो पश्चात् पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
तोकिएको भन्दा बढि मूल्यमा डिजेल तथा पेट्रोल बिक्री–वितरण गरेको गुनासो आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
वलीले बिल नम्बर १३३२ मा प्रति लिटर एकसय १५ रुपैँयाका दरले पेट्रोल बिक्री गरेको प्रमाण नै भेटिएको र यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।