बञ्चरेडाँडामा फोहोरको विषयमा तनाव, ५ राउण्ड हवाई फायर

रिपोर्ट नेपाल | 2022 Aug 16 | 04:59 pm 2377

काठमाडाैं, साउन ३१ः बञ्चरेडाँँडामा स्थानीयहरू र प्रहरीबीच दोहोराे झडप भएको छ। काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गर्दै स्थानीयले ढुंगामुढा र गुलेली हानेपछि प्रहरीले काउन्टरमा ५ राउण्ड हवाई फायर गरेको हो।

काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीका अनुसार जति सम्झाई बुझाई गरे पनि स्थानीयहरू ढुंगामुढा धेरै गरेको हुनाले अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरिएको हो।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताए । स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.