बझाङ केन्द्रबिन्दु भएर फेरि ५.४ म्याग्निच्युडको भूकम्प

| 2022 Nov 13 | 07:22 am 1417

काठमाडौं, कात्तिक २७ः बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । बुधवार साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । स्थानीयहरु त्रासका कारण घरबाहिर निस्केर बसेका छन् ।

यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.