बझाङ, माघ २५: बझाङ केन्द्रबिन्दु बनाएर शनिबार एका बिहानै भूकम्प गएको छ ।
भुकम्प मापन केन्द्र सुर्खेतले जनाए अनुसार शनिबार विहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भुकम्प गएको बताइएको हो ।
यो भुकम्प २०७२ सालको गोरखा बारपाक केन्द्रबिन्दु भएर गएको भुकम्पको पराकम्प नभई नयाँ भुकम्प भएको जनाएको छ ।
यस क्षेत्रमा एक महिना अघि समेत बझाङ केन्द्र बनाएर भुकम्प गएको थियो ।