बझाङमा जुवातास र अवैध धन्दा रोकियो

रिपोर्ट नेपाल | 2019 Jan 10 | 07:08 pm 2410

 बझाङ, २६ पुस : बझाङमा पछिल्लो समय जुवातास र अवैधलागु औषधमुक्त जिल्ला बन्दै गएको छ । ४ महिना अघि सम्म जिल्लामा खुलेआम जुवातास खेल्ने र खेलाउने गरेपनि पछिल्लो समय सो कार्य निर्मुल भएको स्थानीहरु बताउछन् ।

विगतमा जिल्लाका भित्री क्षेत्रमात्र होइन सदरमुकामै पनि प्रहरी र प्रशासनसँगको मिलेमतोमा कतिपयले जुवाखेल संचालन गर्ने गरेको स्थानीयहरु बताउछन् । तर पछिल्लो समय यसरी जुवा खेल्ने र खेलाउनेलाई प्रहरीले भट्टाभट्ट पक्राउ गरि आवश्यक कारबाही गर्न थालेपछि जिल्लामा जुवातास निर्मुल भएको स्थानीय महिलाहरु बताउछन् ।

‘केही महिना अघि सम्म यहाँको प्रमुख समस्या भनेको जुवातास नै थियो, स्थानीय एक महिलाले भनिन्–तर पछिल्लो समय त्यो समस्या निर्मुल भएको छ ।’
त्यस्तै जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसी प्रविण धितालले पनि आफु आएसँगै स्थानीयहरुसँगको छलफलमा पनि प्रमुख समस्याका रुपमा जुवातासलाई उठाएको कारण त्यसको निर्मुलनका लागि अभियानै संचालन गरेको बताए ।

अहिले बझांग जुवातास मुक्त भएको भन्दै उनले कसैले अवैध संचालन गरेको भेटिए हदै सम्मको कानुनी कारबाहीको चेतावनी पनि दिए ।
प्रहरीले जुवातास निर्मुल पारेपछि खेल्ने र खेलाउने नाइकेहरु अहिले घाम तापेर बस्ने गरका छन् । हाल सम्म प्रहरीले चार दर्जन भन्दा बढी जुवाडे पक्राउ गरि कारबाही गरिसकेको छ ।

त्यस्तै ५० केजी भन्दा बढी लागु औषध र दजनौ कारोबारी प्रहरी फन्दामा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.