बझाङमा जीप दुर्घटना परि मृत्यु हुने संख्या ३ पुग्यो, १२ जना घाइते (अपडेट)

| 2018 Oct 09 | 03:49 pm 1862

बझाङ, असोज २३ : बझाङ जिल्लामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बागथलाबाट विजगडाको लागि छुटेको से १ ज ७२ ट नम्बरको जीप मंगलबार बिहान ८ बजे दुर्घटनामा परेको हो ।

दुर्घनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको उपचारको लागि काठमाडौ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

७ जना घाइतेको थप उपचारका लागि काठमाडौँबाट सिम्रिक एयरको हेलिकप्टर, बझाङको लागि उडिसकेको बताइएको छ ।

मृत्यु हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३५ वर्षीय प्रेम बोहरा,६५ वर्षीया विष्ना देवी बोहरा,र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीय धनबहादुर बोहरा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.