बझाङ, साउन २१: साेमबार साँझ थलारा गाउँपालिकामा एक महिलाको घाँटी रेटेर गहना लुटपाट भएको छ । पालिकाकाे वडा नम्बर ५ घर भएकी विमला खाती वली माइतबाट घर जाने क्रममा साँझ ६ बजे शिलाकोटमा अज्ञात व्यक्तिले घाँटी रेटेर गहना लुटपाट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर केसीले दिएका जानकारी अनुसार उनले घाँटी, कान र नाकमा लगाएका गहना लुटपाट गरेको बताए । वलीको गहना लगाउने ठाउँमा गहिरो चोट लागेको छ । उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।
डिएसपी केसीकाे भनाई अनुसार लुटपाट गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए। अनुसन्धानपछि केहि दिनमै लुटपाटमा संलग्न सबै पक्राउ पर्ने केसीको भनाई छ ।