काठमाडौं, फागुन ६ : प्रदेश नम्बर २ को सरकारले बजेट खर्च गर्न असफल देखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको सवा तीन प्रतिशत बजेट मात्र खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले चालु र पूँजीगत गरी कुल ५६ करोड ९७ लाख ७७ हजार ५ सय ३४ रुपैयाँ मात्र खर्च गरेको छ । यो रकम कुल बजेटको ३ दशमलब १५ प्रतिशत मात्र हो ।
सरकारले सरकारी सेवासुविधा, सवारीसाधन खरिद र भौतिक पूर्वाधारको मर्मत सम्भारमा खर्च गरेको छ ।
लेखा नियन्त्रक कार्यालयका अनुसार ३० करोडा रुपैयाँ विभिन्न मन्त्रालयका सवारी साधन खरिदमा मात्र गर्न खर्च गरेको छ भने, प्रदेश सरकारले हाल सम्म १ दशमलब २५ प्रतिशत मात्र पुजिगत खर्च गरेको छ ।
यसैगरी प्रदेश लेखा नियन्त्रक कार्यलयमा ८३ करोड रुपैयाँ सञ्चित रहेको कार्यालयले जनाएको छ ।