काठमाडौं: बजेटमा राजस्व बढ्ने भएपछि विभिन्न मदिराका डिष्टिब्यूटरले अर्बौ रुपैयाँको मदिरा स्टक गरेका छन्।
व्यवसायीले बैंक ऋणगरगहना बिक्रीदेखि सरसापट गरेर मदिराको स्टक गरेका छन्।काठमाडौं उपत्यकाभित्रका डिष्टिब्यूटरले न्यूनतम १० करोड रुपैयाँदेखि मदिरा स्टक गरेर राखेको एक व्यवसायीले बताए।’मदिराको राजस्व सधै बढ्छ।यो पटक अझै धेरै बढ्ने सूचना आएको छ। एक महिना मात्रै मदिरा स्टक गर्न सक्यो भने मालमाल भइन्छ’ एक मदिराका डिष्टिब्यूटरले भने,त्यसैले हामीले बैंक ऋण लिएर मात्रै नपुगेर गरगहना समेत बिक्री गरेर मदिरा स्टक गरेका छौं।’
उनका अनुसार अहिले भने तरलता अभावका कारण बैंक ऋण पाउन मुस्किल भएकाले स्टक कम छ।डिष्टिब्यूटर मात्रै होइन होलसेलदेखि रिटेलरसम्मले मदिरा स्टक गरेका छन्।ती व्यापारीका अनुसार कतिपय मदिरा कम्पनीले मूल्य बढाएर समेत बिक्री गरेका छन्।’केही कम्पनीले अहिलेनै मूल्य बढाएर बिक्री गर्न सुरु गरेका छन्,’उनले भने।
व्यवसायीको विरोध
बजेट भाषण अघि सामान स्टक राखेर करोडौं कमाउने वितरक कम्पनीका कारण थोक तथा खुद्रा मदिरा व्यवसायी समस्यामा परेको काठमाडौं मदिरा व्यवसायी संघका उपाध्यक्ष गोविन्द बरालले बताएका छन्।
‘वितरक र उत्पादकको मनोमानीका कारण व्यवसायी जेल जानुपरेको भन्दै अझै पनि पूरानो तरीकाले पैसा कमाउने धुनमा लागेमा प्रशासनको ढोका ढकढक्याइनेछ’उनले विज्ञप्तिमार्फत जारी गर्दै भनेका छन्।उनले २१औं शताब्दीमा आएरपनि तीन महिनालार्इ पुग्ने सामान गोदाममा राख्ने र मूल्य बढेपछि मात्रै बिक्री गर्ने कालोबजारी भएको बताएका छन्।
‘बजेट भाषणपछि मूल्य बढ्छ।हामीलार्इ पूरानै मूल्यको सामान बढी मूल्यमा बिक्री गर्न बाध्य पारिन्छ’उनले भनेका छन्,पूरानो एमआरपी भएको मदिरा नयाँ मूल्यमा हामीले किन किन्ने र बेच्ने?