बजीरलाई सहयोग गर्न रुद्रबहादुर भुजेलको आग्रह

| 2020 Nov 27 | 09:02 am 3600

गुल्मी, मंसिर १२ः नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा बरिष्ठ समाजसेवी रुद्रबहादुर भुजेलले पंचायती कालरात्रीका समयमा आफ्नो ज्यानलाई भन्दा प्रजातन्त्रलाई प्रिय ठान्ने बजीर थापाको जिवन बचाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार रिपोर्ट नेपालको टिमले थापाले उपचार गराइरहेको ह्याम्स अस्पताल पुगेर उनको स्थिति देखेपछि सामाजिक कर्तव्यबोध गरी बजीर थापा बचाउ अभियान सुरु गरेको थियो ।

No description available.

बजीर थापाको स्थितिका विषयमा रिपोर्ट नेपालले समाचार प्रकाशित गरेपछि समाजेसेवी भुजेलले फोन मार्फत आफूले ५ हजार सहयोग गर्ने बताएका छन् ।

विगत एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थापाको एक महिना अघि भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया भएको थियो ।

क्यान्सरको ट्युमर बढेका कारण अहिले किमो चढाउन समेत कठिन भएको छ । बजीर थापाको जिवन रक्षा गर्न सहयोग गर्न चाहने दाताले उनका छोरा निरोज थापाको नाममा रहेको ग्लोबल आइएमई बैंक बुटवल राममन्दीर शाखाको बचत हिसाब नम्बर १७०८०१००००५१६ मा जम्मा गरी रिपोर्ट नेपाललाई जानकारी गराइदिन समेत हामी आग्रह गर्दछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.