बजारमा चिनीको अभाव भन्नु निराधार – मन्त्री यादव

रिपोर्ट नेपाल | 2018 Oct 07 | 06:13 pm 1528

काठमाडौँ, असोज २१ : सरकारमाथि चाडवाडका बेला चिनीमा कालाबजारी गरेको आरोप लागि रहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजारमा हल्ला पिटाइए जस्तो गरी दशैँको मुखमा चिनीको अभाव नभएको प्रस्ट पारेका छन् । बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार भएको बताउँदै मन्त्री यादवले बजारमा कहीँ कतै चिनीको अभाव नभएको उल्लेख गरेका छन् ।

नेपालमा हाल एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता दुई लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले प्रष्ट्याएका थिए । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको उल्लेख गरेका थिए ।

मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी रु ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.