बकरईदमा सार्वजनिक विदा दिन सरकारसँग माग

रिपोर्ट नेपाल | 2018 Aug 14 | 03:03 pm 1736

काठमाडौं , साउन २९: राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारको  ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन  ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पनि बकर इदमा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका थिए । प्रधानमन्त्री ओलीले बकर ईदमा सार्वजनिक विदा दिने आश्वासन दिएका राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.