बंगलादेशी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौंमा

| 2018 Aug 30 | 09:27 am 1764

काठमाडौं, भदौ १४: राजधानीमा आज हुने बिमस्टेक सम्मेलनमा भाग लिन बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद पनि नेपाल आइपुगेकी छन्।

उनी बंगलादेशको विशेष विमानबाट बिहीबार बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी छन्। उनलार्इ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले स्वागत गरेका हुन्।

उनी नेपाल आउने पाँचौ पाउना हुन्। विमस्टेक सम्मेलनमा भाग लिने उनी एक्लो महिला राष्ट्रप्रमुख हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.