बंगलादेशका राष्ट्रपति हमिद पोखराको फेवातालमा

रिपोर्ट नेपाल | 2019 Nov 14 | 01:17 pm 3125

कास्की, कात्तिक २८: गत मंगलबार नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद पोखरा पुगेका छन् ।

उनलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएका छन्।

मध्यान्ह १२ बजे पोखरा पुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए। कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति हमिदलाई फेवातालमा सयर गराइएको हो।

राष्ट्रपति हमिद बुधबार काठमाडौंमा राष्ट्रपतिसहितका उच्च अधिकारीहरुसँग भेट गरेर पोखरा पुगेका हुन्।

उनलाई प्रहरीको सुरक्षाबीच डुंगामा चढाएर फेवातालमा घुमाइएको हो। फेवा तालमा डुंगा सयर गराएपछि उनलाई सराङकोट डाँडामा पनि लगिने बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.