फ्लोरिडाको मनोरञ्जन कम्प्लेक्समा अन्धाधुन्द गोली चल्यो, ३ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 27 | 09:21 am 2978

फ्लोरिडा, भदौ ११: अमेरिकाको फ्लोरिडामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।

फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो । ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो ।
गोली हान्ने व्यक्ति डेभिड काट्ज नामका २४ वर्षीय युवक भएको खुलेको छ । बीबीसीका अनुसार बाल्टिमोरका उनले गोलाबारीपछि आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।

गेममा हार व्यहोरेपछि युवकले गोली चलाएको खबर स्थानीय सञ्चारमाध्यमहरुले प्रकाशमा ल्याए पनि प्रहरीले भने इन्कार गरेको छ । यसबारे अनुसन्धान भइरहेकाले अहिले नै त्यसको कारण ठोकुवा गर्न नसकिने प्रहरी भनाइ छ ।

घटनामा उनीबाहेक अरुको संलग्नता नरहेको बताइएको छ । प्रहरीका अनुसार, डेभिडले एक मात्रै हाते बन्दुकको साहरामा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

पछिल्ला वर्षहरुमा फ्लोरिडामा अत्यधिक मास सुटिङका घटना हुँदै आएका छन् । सन् २०१६ मा ओर्लान्डोको पल्स नाइट क्लबमा भएको गोलाबारीमा ४९ जनाको ज्यान गएको थियो।
गत फेब्रुअरीमा मात्रै पार्कल्यान्डको दी म्याजेरी स्टोनम्यान गुडल्स स्कुलमा चलेको गोलीमा १७ जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.