फ्रान्‍सको एक गाेलले विश्‍वकपबाट बाहिरियो पेरु

| 2018 Jun 22 | 01:43 am 3588

काठमाडौं, असार ७: सबैभन्दा कम उमेरका खेलाडी क्यालियन मबाप्पेले गोल गरेको खेलमा पेरुलार्इ पराजित गर्दै फ्रान्स विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। पराजित पेरु भने विश्वकपबाट बाहिरिएको छ।

खेलको ३५औं मिनेटमा ओलिभर गिराउडले उपलब्ध गराएको पासमा एक यार्डमात्रै दुरीमा रहेका मबाप्पेले सजिलो गोल गरेका थिए। त्योसँगै १९ वर्ष ६ महिनाका मबाप्पेले विश्वकपमा गोल गर्ने फ्रान्सको इतिहासका सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।

जितसँगै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने तेस्रो टोली बने। यसअघि बुधबार रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.