फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

| 2018 Jun 08 | 03:03 pm 1628

काठमाडौं २५ जेठ : संसदको नियमावली मस्यौदा पारित गर्न दलहरुबीच सहमति भएको छ । सभामुख कृष्णबहादुर महराको प्रयासमा दलहरु मस्यौदा पारित गर्ने सहमतिमा पुगेका हुन् ।

मस्यौदामा फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधान नराख्न सत्तारुढ सहमत बनेका थिए । यद्धपि फौजदारी अभियोग लागेर पक्राउ पर्ने वित्तिकै स्वतः निलम्बन सरह हुने भन्दै सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति बनेको हो । संसदको आजको बैठकले नियमावली मस्यौदा पारित गर्ने सम्भावना रहेको बताइएको छ ।

यसअघि फौजदारी अभियोग लागेका सांसदलाई स्वतः निलम्बन गर्नुपर्ने सत्तारुढको अडान र निलम्बन गर्न नहुने काँग्रेसको अडानका कारण मस्यौदा संसदमा पेशसम्म हुन सकेको थिएन । कांग्रेसले संसद नै छाडेर हिड्नेसम्मको अडान लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.