काठमाडौं, चैत २०ः फेसबुक ह्याक गरी अश्लिल फोटो तथा भिडियो राखी चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालनाथ गाउँपालिका वडा नं. ४ कर्सिया बस्ने २२ वर्षिय दिपेश लाहनी रहेका छन् ।
अध्ययनको सिलसिलामा बिदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिई सामाजिक संजाल फेसबुक आइडी समेत ह्याक गरी अश्लिल फोटो तथा भिडियोहरु पीडितको सामाजिक संजाल फेसबुकसँग जोडिएकामा सम्पूर्ण व्यक्तिहरुलाई पठाउने गरेका थिए ।
फेसबुक लाइभबाट आत्महत्या गर्ने र पीडित लगायतलाई फसाउने, अनाहकमा पीडितको चरित्र हत्यो गर्ने कार्यमा संलग्न उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।