काठमाडाैं, साउन २४ । सामाजिक सञ्जाल फेसबुकमा एक नावालिकासँग अडियो भिडियोद्वारा कुराकानी गर्दा रेकर्ड गरेको भिडियोलाई अन्य अश्लील भिडियोमा जाेडी फेसबुकमा राखी याैन हिंसा गर्ने सिन्धुपाल्चाेकका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा ईन्द्रावती गाउँ पालिका वडा नं. ९ बस्ने वर्ष १९ को समिर तामाङ र सुरेश तामाङ रहेका छन् । उनीहरुले ती नावालिकालाई प्रेम गर्ने बहाना बनाई फेसबुकमा साथी बनाएका थिए । फेसबुकबाट सम्पर्क गरी मानसिक तनाव दिन थाले पछि बालीकाले उनीहरुलाई ब्लक गरेकी थिइन् ।
फेसबुक ब्लक गरेर सम्पर्क विहिन भएपछि उनीहरुले अन्य अपरिचित व्यक्तिको अश्लिल फोटाे र भिडियोमा नावालिकाकाे अनुहार जाेडेर संजालमा प्रकाशन र प्रदर्शन गरेर हैरानी दिए पछि नावालिकाले अभिभावक सहित प्रहरीमा उजुरी दिन पुगेकी थिइन।
उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।