काठमाडाैं, कार्तिक १९ । समाजिक संजाल फेसबुक, इन्स्टाग्रामबाट सम्पर्क गरी लाखाैं रुपैया ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले फेसबुक आइडीबाट साथी बनाई माया प्रेमको जाल बुनी पीडितलाई आइ फोन, घडी, गरगहना, ल्यापटप लगायतका सामानहरु सहितको गिफ्ट पठाएको छु भनि बिभिन्न नम्बरहरुको ह्यवाट्स एपबाट सम्पर्क गरी पार्सल पठाएको फोटो, भिडियो पठाई बिश्चास दिलाएका थिए । केहि समय पश्चात सोहि पार्सल टर्कि बिमानस्थल, काठमाडाैंको अन्तराष्ट्रिय विमानस्थल लगायतका बिभिन्न देशका भन्सार कार्यालयहरुमा सामान आईपुगेको र उक्त पार्सल पाउनको लागी कष्टम चार्ज, डेलिभरी चार्ज, ईन्सुरेन्स चार्ज, जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्ने भनी भनी पिडितहरु १९ लाख २५ हजार रकम पठाउन लगाई ठगी गरेको खुलेको छ ।
उक्त ठगी गर्ने कार्यमा संलग्न मकवानपुर हेटौडा उ.म.न.पा वडा नं. १५ घर भई हाल काठमाडाैं १३ बस्ने बर्ष २३ को शिरिष श्रेष्ठ लाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाडाैं पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन्।