काठमाडौं, कात्तिक २७ः फेसबुकमा नक्कली आइडी बनाई नाबालिकालाई अश्लिल सन्देश तथा फोटो पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाचोक चौतारा सागाँचोकगढी ४ बस्ने २० वर्षीय अखिल नेपाली रहेका छन् ।
सामाजिक संजाल फेसबुकमा नक्कली आइडी बनाई बालिका दरबारमार्ग (नाम परिवर्तित) लाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, बालिकाहरुको बारेमा यौन अश्लिलातायुक्त अनर्गल सामाग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको बताइएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर बमोजिम कसुर गरेको पाइएकोले नेपालीलाई सम्मानित जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई काठमाडौं महानगरपालिका २७ बाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएको छ ।